Rule 29
उजूरी गर्न सकिने
(१) पञ्जिकामा समावेश भएका वा राष्ट्रिय सम्पदा भित्रका वस्तु, स्थल,वनस्पति, जीवजन्तु आदिको कसैले नियम २८ मा लेखिए विपरीत हानी नोक्सानी हुने कुनै काम गरे गराएमा सो विषयमा जो सुकैले सम्बन्धित निकायमा उजूरी दिन सक्नेछ ।
(२) उपनियम (१) बमोजिम उजूरी परी जाँचबुझ गर्दा वा सम्बन्धित निकाय आफैले जाँचबुझको सिलसिलामा पञ्जिकामा समावेश भएका वस्तु, स्थल, वनस्पति, जीवजन्तु आदिको हानी नोक्सानी भएको देखिएमा सो कार्य तुरुन्त रोक्नु पर्नेछ ।